राजनीति

हुम्लाको सीमावर्ती क्षेत्रमा बनेको भवन चिनीयाँ क्षेत्रभित्रै, हराएको सीमास्तम्भ भेटिनु सुखद

हुम्लाको सीमावर्ती क्षेत्रमा चीनले बनाएका भवनहरु नेपाली भूमिमा रहेको र दुई देशबीचको ११ नम्बरको सीमास्तम्भ हराएको भन्दै आएका समाचारहरुपछि चीनले नेपाली भूमि मिचेको भन्दै बिरोध भैरहेका बेला दुबै देशको अधिकारीहरुले उपलब्ध दस्तावेजहरु अध्ययन गर्दा सो भूमि चीनकै रहेको निष्कर्ष निकालेको छ ।

हुम्लाको सीमावर्ती क्षेत्रमा चीनले नेपाली भूभागमा भवन बनाएको भन्ने बारेमा स्थलगत अनुगमनमा नेपाली टोली गएको थियो । यस विषयमा सुरुमा विरोधाभाषी अभिव्यक्तिहरु अधिकारीहरुबाट आए पनि अन्ततः ती भवनहरु चिनीयाँ भूमिमै बनेको निष्कर्ष निकालिएको हो ।

नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रको भवन निर्माण स्थलमा नेपाली टोलीका प्रमुख प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले ललुङ्जोङमा नेपाली र चिनियाँ अधिकारीले दुई देशका नक्सा हेर्दा भवन बनेको क्षेत्र चिनियाँ भूभागमा देखिएको बताउनुभयो ।

सीधा रूपमा नक्सा हेर्दा सो स्थान नेपाली भूभागमा नपर्ने बताउँदै तथ्यगत रूपमा बुझेर मात्र सो विवाद बाहिर ल्याउन उहाँले आग्रह गर्नुभयो । सीमा अनुगमनको महत्वपूर्ण उपलब्धि भनेकै नेपाली पक्षले हराएको भनिएको ११ नम्बर सीमा स्तम्भ पत्ता लाग्नु रहेको प्रजिअ गिरीले स्पष्ट पार्नुुभयो ।

यसबीच नेपाल र चीनको सिमाना लाप्चा क्षेत्रमा नेपाली भूमिमा चिनियाँ पक्षले घर बनाएको प्रतिवेदन गल्ती भन्दै हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले क्षमा माग्नुभएको छ । स्थानीय बासिन्दा र जनप्रतिनिधिको भनाइलाई विश्वास मान्दा गलत प्रतिवेदन दिन पुगेको भन्दै सहायक प्रजिअ हमालले गृह मन्त्रालयले मागेको स्पष्टीकरणमा जवाफ दिँदै क्षमायाचना गर्नुभएको हो ।

केही समयअघि लाप्चा क्षेत्र पुग्नुभएका हमालले स्थानीय बासिन्दाको कुरा सुनेकै आधारमा प्रतिवेदन दिनु गल्ती भएको स्वीकार गर्नुभएको छ । यसअघि उहाँलाई गृह मन्त्रालयले सो विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.