एन आर एन न्युज

एनआरएनए विज्ञ सम्मेलन- घरफिर्ती, पुनः एकीकरण र रोजगारलाई सहज बनाउन जोड

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मुख्य शत्रका रुपमा शनिबार ‘आप्रवासी नेपाली कामदारः स्वदेश फिर्ता, पुनः एकीकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीबीच छलफल भएको छ ।

आप्रवासी कामदारको घर फिर्ती, पुनःएकीकरण र रोजगार सहज हुनुपर्ने सरोकारवालाको जोड छ । कोभिड–१९ का कारणका नेपाली कामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सिर्जना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको उद्धार तथा पुनःएकीकरणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई निःशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तर सरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मिलेर अहिलेको समस्या समाधान गरौँ ।”

सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले आप्रवासी कामदारको पक्षमा सरकारले वेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पीडामा परेका नेपालीको पक्षमा सरकारले वास्ता गरेको छैन, एनआरएनले प्राथमिकतामा राखेर काम गर्नु खुशीको विषय हो ।” राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, पूर्वसचिव तथा वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईले आप्रवासी कामदारको घर फिर्ती, पुनःएकीकरण र रोजगार आजको मूल विषय भएकाले सरकारले त्यतातर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

सङ्घका उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र नेपालीलाई सङ्घ आफैँले सहयोग जुटाएर उद्धार तथा सहायता गरिएको बताउनुभयो । उहाँले महामारीको अवस्थामा वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग हुन नसकेकामा दुःख व्यक्त गर्नुभयो । सङ्घका सचिव सचिव आरके शर्मा, सल्लाहकारद्वय टिबी कार्की र यमकुमार गुरुङ, तथा प्रवक्ता डिवी क्षेत्रीले आप्रवासी नेपाली कामदारको पक्षमा सरकारले गम्भीर चासो व्यक्त नगरेको गुनासो गर्नुभयो ।

रिपोर्ट जे आएको छ त्यो आफ्नै ठाउँमा छ, रिपोर्टलाई आधार बनाएर स्वास्थ्यको बारेमा निर्णय गर्नु हुँदैन । आराम गर, तातो न्यानो र तागतिलो खाउ, दैनिक कागती पानीमा एक चम्चा मह हालेर विहान र बेलुका खाउ । तीनपटक बाफ लिनु, मरिच मुखमा राखेर चुसिरहनु । मरिचले एकदमै राम्रो गर्छ । घरमा छ भने बोजो पनि खाइरहनु । ज्वरो बढ्न नदेउ । बिरामी हुनु शरीरको नियमित क्रिया नै हो भन्न सम्झेर मनमा अनेकथरि कुराा नखेलाइ आराम गर है ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.