जन सरोकार

कङ्गोमा भएको कुटपिटको घटनाबारे नेपाली सेनाबाट छानबिन शुरु

शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कङ्गोमा तैनाथ गणको जवान लाइनमा भएको कुटपिटको घटनाको नेपाली सेनाले छानबिन शुरु गरेको छ । त्यहाँ सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृत छानबिन शुरु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सेनाले बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानविन शुरु गरेको जानकारी दिइएको छ । अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।

यसै गरी नेपाली सेनाका अर्का एक जवानको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

निज जवानलाई यही असोज ६ गते लक्षण देखिएपछि आकस्मिक रुपमा सघन कक्षमा भर्ना गरी उपचार गरिएकोमा त्यही निजको मृत्यु भएको जानकारी दिइएको छ । उनको पछिल्लो स्वाश परीक्षणमा कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । यो घटनासँगै कोरोनाकारणबाट मृत्यु हुने सैनिकको सङ्ख्या दुई पुगेको छ । सेनामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १९७ रहेकामा निको हुने ५३९ छन् । सेनामा हाल कोरोना सक्रिय सङ्क्रमित एक हजार ६५६ रहेको प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.