राजनीति

अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ

सरकारले प्रतिपक्षीको नाराबाजी र अबरोधलाई वेवास्ता गर्दै संससद संचालन गरी विधेयकहरु पारित गरिरहेपछि नेकपा (एमाले)का सांसद महेश बस्नेतले एउटै दल सधैँ प्रतिपक्षमा नरहने र अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताउँदै सो धारणा राख्नुभएको हो ।

उहाँले कुनै दलले आफ्ना सांसद्लाई कारवाही गर्दा तुरुन्त सदर हुने र अर्कोले गर्दा नहुने गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले जुनसुकै पार्टीको नेता पनि सभामुख भएपछि सबै सांसदको अभिभावक हुनुपर्ने सुझाव पनि सभामुखलाई दिनुभयो । उहाँले आफ्नो पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म सांसदमा विरोध जारी राखिने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.