जन सरोकार
नारायणगढ-मुग्लिन सडकमा राति गाडी चलाउन नपाइने
शुक्रबार विहानदेखि लगातार भैरहेको भारी वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको नारायणगढ-मुग्लिन सडकमा राति गाडी चलाउन नपाइने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय गरेको जनाएको छ ।
समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शुक्रबार बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेक अन्य सवारीसाधन चलाउन रोक्ने जानकारी दिनुभयो ।
उहाँले सम्भावित जोखिम हेरेर नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्