जल/वातावरण

सरकारको शुल्कमा निजीको आपत्ति- पिसीआर परीक्षणको ३ हजार ८ सय ९९ लिने घोषणा

सरकारले कोरोना भाइरस संक्रमण छ कि छैन भनेर परीक्षण गर्ने पिसीआरको शुल्क २ हजार रुपैयाँ कायम गरेको दुई हप्ता बितिसकेको भए पनि उपत्यकाका निजी अस्पताल र प्रयोगशालाहरुले न्यूनतम चार हजार रुपैयाँ लिइरहेको र सरकारको निर्णय नमान्ने भन्दै उनीहरुले ३ हजार ८ सय ९९ रुपैयाँ शुल्क तोकेका छन् ।

उपत्यकाकामा रहेका नाम चलेका अस्पताल र प्रयोगशालाहरुले सरकारको निर्णयलाई चुनौति दिंदै बढी शुल्क लिएको अनुगमनमा फेला परेपछि उनीहरुलाई शुल्क समायोजन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरिरहेका बेला सोमबार विज्ञप्ति नै जारी गरी सो शुल्क तोकेका हुन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शूल्क निर्धारण गर्दा न्यायोचित दररेटमा गर्नुपर्ने र सरकारले तोकेको शुल्कमा परीक्षण गर्न नसकिने भन्दै केही निजी अस्पतालहरुले माग गरिरहे पनि कतिपय निजी प्रयोगशालाले भने सरकारले तोकेकै शुल्कमा परीक्षण गरिरहेका छन् ।

सुरुदेखि नै बढी शुल्क लिइरहेका स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३ हजार ८ सय ९९ रुपैयाँ शुल्क लिने बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.