जन सरोकार

सुनको अक्षरमा रञ्जना लिपिमा लेखिँदै प्रज्ञा पारमिता ग्रन्थ (फोटोहरु)

ललितपुरको पाटनस्थित हिरण्यवर्ण महाविहारमा सोमबार प्रज्ञा पारमिता ग्रन्थलाई सुनको अक्षरबाट रञ्जना लिपीमा लेखिएको छ । कुल ३०० पानाको यो पुस्तक जीर्णोद्धार गर्न एक किलोभन्दा धेरै सुन लाग्छ ।

यो पुरानो पुस्तक भए पनि गुठीको मातहतमा रहेकोले पुरातत्व विभागले यसमा आफ्नो दाबी कायम गरेको छैन । २३ सय वर्ष पुरानो धेरै वटा भाषामा अनुवाद भएको यो ग्रन्थलाई हिरण्यवर्ण महावीरका गुठियारले जीवन्त राख्न रञ्जना लिपीमा लिपिबद्ध गरिरहेका हुन् । यो सुनको खर्च गुठियारहरूले नै व्यहोर्ने गरेका छन् ।


अधिकमासको एक महिने अवधिमा यो काम पूरा गर्ने लक्ष्य गुठीका सदस्यहरुमा छ । आनन्द भिक्षुले लेखेको प्रज्ञा पारमिता बौद्ध ग्रन्थमा रहेको नौ मुख्य ग्रन्थमध्येको एक हो । यो पुस्तक रञ्जना लिपी र संस्कृत भाषामा लेखिएको छ । यसलाई वर्षभरि नै पाठ गर्ने गरिएकोले हरेक साढे २ वर्षमा आउने मलमासको समयमा जीर्णोद्धार गर्ने गरिएको छ ।

पहिले नियमित यसको जीर्णोद्धार गर्ने नगरिएको भए पनि २०५४ सालदेखि हरेक मलमासको महिनाभरि यसको जीर्णोद्धार गर्ने गरिएको योङ मेन्स बुद्धिस्ट एसोसिएसनका द्वितीय उपाध्यक्ष सुरेश बज्राचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.