जापान
जापानका रेस्टुरेन्टहरुमा अब रोबोटले वेटरको काम गर्ने, जनवरीबाट प्रयोग गर्ने योजना
कोरोना भाइरस महामारीकाबीच जापानमा यसको संक्रमण फैलन नदिन अब रेष्टुरेन्टहरुमा मानिसको साटो रोबोटले वेटरको काम गर्ने भएको छ । सफ्टबैंक रोबोटिक्सले रेस्टुरेन्टहरुमा ग्राहकहरुको टेबलसम्म खाना पुर्याउने रोबोट बनाएको छ, जसबाट छिट्टै नै सहयोग लिन सकिनेछ ।
कम्पनीका अनुसार यो रोबोटले ग्राहकहरुको टेबुलबाट रेस्टुरेन्टका कर्मचारीले अर्डर लिएपछि आवश्यक सुरक्षा अपनाएर र उत्पन अबरोधबाट बच्दै स्वचालित रुपमा टेबुलसम्म अर्डर गरिएको खाना लिएर जानेछ ।
रोबोटिक्सका अधिकारीहरुका अनुसार आउँदो जनवरीदेखि यो रोबोट रेस्टुरेन्ट संचालकहरुलाई भाडामा उपलब्ध गराउने योजना बनाएका छन् । रोबोटले रेपष्टुरेन्टका कर्मचार र ग्राहकबीचको दूरी घटाउन सहयोग गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्