कर्पोरेट/पर्यटन

पर्यटन क्षेत्र चलायमान बनाउन डब्लुएचओका प्रतिनिधिसंग छलफल

कोभिड–१९ ले नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेबारे नेपाल पर्यटन बोर्डले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का प्रतिनिधिसँग छलफल गरेको छ ।

बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीसँग डब्लुएचओका नेपाल प्रतिनिध डा राजेश एस पाण्डवबीच पर्यटन बोर्डमा भएको भेटमा कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खोप, पछिल्लो पर्यटनको अवस्था तथा डब्ल्युएचओको सहयोगका विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

भेटमा डा राजेश एस. पाण्डवले पर्यटकका लागि नेपाल खुला हुनु सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई पालना गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालको स्वास्थ्य सुरक्षाका लागि विश्व स्वास्थ्य सङ्गठनले सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हामी नेपाललाई गर्नुपर्ने सहयोगका लागि तयार छौँ । कोभिडको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गरेर मात्र पर्यटकीय गतिविधि सञ्चालन गर्न आवश्यक छ ।” पाण्डेयको भनाई उद्धृत गर्दै बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

पर्यटकीय गतिविधि बढी हुने क्षेत्रमा आकस्मिक एन्टिजेन परीक्षण, स्वास्थ्य जनचेतनाका कार्यक्रमलाई पनि निरन्तरता दिन आग्रह गर्दै यी समग्र कामको लागि पनि डब्लुएचओको सहयोग रहने उहाँले बताउनु भएको थियो । बोर्डका कार्यकारी प्रमुख डा रेग्मीले नेपालका धेरै पर्यटकीय क्षेत्रमा पूर्ण खोप कार्यक्रम भइसकेको र बाँकी क्षेत्रमा क्रमशः खोप लगाउने कार्यक्रम जारी रहेकाले नेपालमा पर्यटक आउनको लागि कुनै समस्या नरहेको जानकारी दिनुभयो ।

उहाँले पछिल्लो पटक सरकारले ल्याएको नयाँ मापदण्ड पालना गरेर विदेशी पर्यटक नेपाल आउन सक्ने जानकारी दिँदै पर्यटक आगमनका लागि अन्य सहजिकरण गर्न सरकार र पर्यन बोर्ड सदा तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.