जापान
पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको भावी प्रधानमन्त्री
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक (एलडीपी)को पार्टी नेतामा पूर्व विदेशमन्त्री फुमिओ किशिडा नेतामा चयन हुनुभएको छ । पार्टीको प्रमुख नेता चुनिएसंगै उहाँ भावी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

प्रधानमन्त्री योसिहिदे सुगाले पार्टीको आन्तरिक निर्वाचनमा भाग नलिएपछि जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक (एलडीपी)को बुधबार भएको आन्तरिक निर्वाचनमा उहाँ निर्वाचित हुनुभएको हो ।
जापानको संसद्को दुवै सदनमा बहुमत रहेको एलडीपीको निर्वाचनमा ६४ वर्षीय किशिडाले खोपमन्त्री तारो कोनोलाई पराजित गर्नुभएको हो ।
दुई चरणमा सम्पन्न भएको निर्वाचनमा किशिडाले २५७ भोट पाउनुभएको थियो भने कोनोले १७० भोट मात्र पाउनुभएको थियो । पहिलो चरणको निर्वाचनमा दुवैले स्पष्ट बहुमत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन गराइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्