राजनीति

भीषण वर्षा हुने पूर्वसूचना हुँदाहुँदैको लापरवाही (भिडियो सहित)

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले असोज १० गते बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी १०, ११ र १२ गते तीन दिन देशभर मध्यमदेखि उच्च र अति उच्च वर्षा हुने भन्दै यसबाट बाढी आउनेसक्ने जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको थियो ।

सडक बन्द

नदी आसपासका बासिन्दा, डुबान हुने क्षेत्रका बासिन्दा र पहिरो खस्ने जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको थियो । उच्च जोखिम रहेका ५६ जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले असोज ७ गते नै विशेष बुलेटिन जारी गरेर असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको भन्दै २७ जिल्ला उच्च जोखिम र ४२ जिल्ला मध्यम जोखिमको सूचीमा राखेको थियो ।

देशका सबै नदीहरुमा उच्च वहाव रहने भन्दै सचेत रहन र शतर्कता अपनाउन आव्हान गरिए पनि सम्भावित जोखिम न्यूनिकरणका लागि पूर्वतयारी भएन । प्राकृतिक विपत्ति रोक्न नसकिए पनि सरकारले चासो दिएर ग्म्भीरतापूर्वक लिएको अहिलेको विपदको क्षति कम गर्न सकिन्थ्यो । किनभने यस्तो हुनेछ भनेर पहिले नै जानकारी थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.