जन सरोकार

रोकिएन डलर देखाई लुटपाट गर्ने- थप दुईजना पक्राउ

केही दिनअघि डरल देखाई लुटपाटमा सक्रिय पाँचजनालाई पक्राउ गरिएलगत्तै प्रहरीले भक्तपुरमा डलर देखाई लुटपाट गर्ने थप दुईजनालाई मंगलबार पक्राउ गरेको छ । गत साउनदेखि डलर साट्ने बहानामा यहाँ लुटपाट भएको यो छैंठौँ घटना हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल भक्तपुर चारदोबाटोमा डेरा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारी रहेका छन । प्रहरीले उनीहरुको साथबाट तीन लाख ३१ हजार नगद, विभिन्न कम्पनीका मोबाईल दुई थान, २२० सिसिको पल्सर मोटरसाइकल एक थान र पर्स दुई थानसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले कमलविनायक बसपार्कमा दोलखा घर भई हाल सूर्यविनायक बस्ने एक जनालाई डलर साट्ने बहानामा बाँकी लाख रुपैंयाँ लुटपाट गरी फरार भएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले घटनामा सम्लग्न दुई जनालाई चाँगुनारायण नगरपालिका–८, रातोपाटीबाट नियन्त्रणमा लिएको परिसरका सूचना अधिकारी प्रहरी निरिक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

सस्तो दरमा डलर साट्ने बहानामा गत साउन ८ गते मध्यपुर थिमि नगरपालिका–९ बोडेमा तीन लाख, वडा न–५ मा साउन १९ गते चार लाख, वडा–२ मा गत भदौ ३१ गते पाँच लाख, वडा–९ बोडेमा यही असोज ६ गते नौ लाख ८० हजार रुपैंयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.