जापान

मिंडुले आँधी टोकियोको प्रशान्त क्षेत्रतर्फ बढ्दै- भीषण आँधी र वर्षाको चेतावनी

शक्तिशाली समुद्री आँधी मिंडुले राजधानी टोकियोको प्रशान्तीय क्षेत्रमा इजु टापूतर्फ बढ्नसक्ने चेतावनी दिइएको छ । मौसम अधिकारीहरुले भीषण आँधीसहितको वर्षा हुने चेतावनी समेत दिएका छन् ।

अधिकारीहरुका अनुसार शुक्रबार दिउँसोसम्मको २४ घण्टामा इजु टापूहरुमा ३०० मिलिटिरसम्म र तोकाई र कान्तोमा १५० मिलिटिरसम्म वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै इजु टापुमा शनिबारसम्म दुई दिनभित्र ३०० देखि ४०० मिलिलिटर वर्षा हुनसक्ने बताइएको छ । यो सेप्टेम्बर र अक्टोबर महिनामा हुने कूल वर्षाको बराबर हो ।

बुधबार साँझदेखि जापानको दक्षिणी समुद्रमाथि १५ किलोमिटर प्रति घण्टाको गतिमा आँधी अघि बढिरहेको छ । आँधीले प्रतिघण्टा १८० किलोमिटरको गतिमा हावा चलिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.