जन सरोकार

कुन देशमा कहिले र कतिबजे छ दशैंको टीकाको उत्तम साइत (पूर्ण विवरण)

नेपालीहरुको महान चाड बडा दशैं भित्रिनै लाग्दा देश विदेशमा रहेका नेपालीहरुमा बेग्लै हर्षको माहोल सुरु भएको छ । नेपालमा असोज २९ गते बिहान १० बजेर २ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको बताएको छ ।

यसक्रममा नेपाल बाहेक विदेशमा रहेका नेपालीहरुका लागि उनीहरु बस्ने देश अनुसार टीकाको उत्तम समय अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको जानकारी दिनुभयो ।

भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।

अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि १५ अक्टोबरको दिन अलग–अलग साइत जुराइएको छ ।

न्यूयोर्कमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हेर्नुहोस् विभिन्न देशमा टीकाको उत्तम साइत

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button