राजनीति

ग्रेटर नेपालको समर्थनमा जेनेभामा प्रदर्शन

सुगौली सन्धिपछि नेपालको ठूलो भूभाग हालको इण्डियामा परेको र त्यो सन्धि अवैध रहेको भन्दै ग्रेटर नेपालको पक्षमा आवाज उठाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले स्वीटजरल्यान्डको जेनेभास्थित ब्रोकन चेयरमा ग्रेटर नेपालको ब्यानरसहित प्रदर्शन गरेका छन् ।

जेनेभामा संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ४८ औं सत्र चलिरहेको अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरूले “हामी उपनिवेशबाट स्वतन्त्रता चाहन्छौँ” भन्दै अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षणका लागि प्रदर्शन गरेको बताएका छन् ।

प्रदर्शनकारीहरुले ग्रेटर नेपालको माग गर्नुका साथै कालापानीबाट इन्डियाली सेना हटाउन पनि उनीहरूले माग गरेका छन् ।

विगत लामो समयदेखि ग्रेटर नेपालको आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ग्रेटर नेपालको आवाजको विस्तारको प्रयास गर्दै आइरहेको छ ।

जेनेभाको मानवअधिकार परिषद् भवन अगाडिको ब्रोकेन चेयर आफ्नो मागप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न विरोध प्रदर्शन गर्ने स्थलका रूपमा चर्चित रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button