जन सरोकार
तीन दिनपछि बेपत्ता बालकको शव फेला
सर्लाहीको सोती खोलाले बगाएको बालकको शव तीन दिनपछि फेला परेको छ ।

गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए ।
बेपत्ता बालकको निरन्तर खोजी गर्ने क्रममा आज शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो । बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्