जल/वातावरण

शुक्रबार थपिए २ हजार ७ सय २२ संक्रमित, हालसम्मकै सबैभन्दा बढी

शुक्रबार एकै दिनमा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार ७ सय २२ जना कोरोनाका संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौं उपत्यकामा १ हजार ६३८ रहेकामा काठमाडौंका मात्र १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८२ हजार ४५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनाबाट निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ। यस अवधिमा मृतक थप ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । यस अवधिमा १४ हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.