जन सरोकार
मृत अवस्थामा तीन जना फेला
देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु गुम्बास्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा हाल नाम, थर, वतन नखुलेकी करिब ५० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै रूकुम पश्चिम, मुसिकोट नगरपालिका-११ स्याबाङ बस्ने ७६ वर्षीय मन बहादुर बाठा सोही नगरपालिका-११ स्थित साँखखोलामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सप्तरी, तिरहुत गाउँपालिका-५ मुसहरी टोलस्थित बाटोमा सोही ठाउँ बस्ने ५० वर्षीय राम रूप सदा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्