कोरोना संक्रमित अमेरिकी राष्ट्रपति ट्रम्प उपचारका लागि सैनिक अपतालमा

बिहिबार कोरोना भाइरस संक्रमण भएको पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उपचारका लागि सैनिक अस्पताल लगिएको छ । संक्रमणबाट ज्वरो आएपछि ट्रम्पलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको हो ।

७४ वर्षीय ट्रम्पलाई मध्यम प्रकारको ज्वरो रहेको र उहाँ थकित भए पनि उच्च मनोबलमा रहेको ह्वाइट हाउसका चिकित्सकले जानकारी दिएका छन् । ट्रम्पलाई परीक्षणकै क्रममा रहेका औषधिहरू मिलाएर उपचार गरिएको छ ।
आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टापछि ट्रम्प उपचारका लागि सैनिक अस्पताल लान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर जानुभएको थियो । मास्क र सुट लगाउनुभएका ट्रम्पले सो क्रममा त्यहाँ उपस्थित संवाददाताहरूसँग कुनै कुरा गर्नुभएन ।
उपचारका लागि जानुअघि ट्विटरमा पोस्ट गरिएको छोटो भिडिओ पोस्टमा ट्रम्पले ुमेरो विचारमा म एकदमै राम्रो गरिरहेको छु तर हामी यसले काम गर्नेछ भनेर सुनिश्चित गर्नेछौुं, भन्नुभएको छ ।
यबीच ह्वाइट हाउसकी प्रेस सेक्रेटरी कायलेग म्याकेनीले सुरक्षात्मक सावधानी अन्तरगत अस्पताल रहँदा ट्रम्पले विशेष प्रकारको सुटमा काम गर्ने जानकारी दिनुभएको छ ।
ट्रम्पको पछिल्लो स्वास्थ्य अवस्थाले राष्ट्रपति चुनावबाट डेमोक्रेटिक उम्मेदवार जो बाइडनलाई पराजित गर्दै पुनः अमेरिकी राष्ट्रपति पदमा निर्वाचित हुने दाउमा रहेका रिपब्लिक उम्मेदवार ट्रम्पलाई नोभेम्बर ३ को निर्वाचन अगाडि झट्का दिएको रोयटर्सले जनाएको छ ।