राजदूत प्रतिभा राणाको चारवर्षे कार्यकालको उपलब्धि: नेपाल-जापान अझ प्रगाढ
कोरोना खोप सहयोगको मुक्तकण्ठले प्रशंसा
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आफ्नो कार्यकालमा नेपाल तथा जापानबीचको प्रगाढ सम्बन्धमा अरु विस्तार भएको र यसबीचमा नेपाल र नेपालीको हितका लागि थुप्रै कार्य भएको बताउनु भएको छ ।

आफ्नो चार वर्षे आफनो कार्यकाल पूरा गरी नेपाल फर्कनुअघि जापानमा रहेकका नेपाली संचारमाध्यमका सम्पादकहरुसंग कुराकानी गर्दै राजदूत राणाले आफनो कार्यकालमा लामो समययता रोकिएको राष्ट्र प्रमुखहरुको भ्रमण गराउन सफल भएको दावी गर्नुभयो ।
यस्तै नेपाल जापान सिधा हवाई सेवा सुचारु, जापान सरकारले विदेशी कामदारलाई प्रवेश दिने नौ मुलुकमा नेपाललाई समेत समावेश गराएको लगायतका कार्य नै मुख्य रहेको बताउनु भयो ।
यस्तै जापानमा विभिन्न पेसा व्यवसायमा संलग्न नेपाली विशेषज्ञहरूबीच विकास र प्रविधी लगायतका विषयमा चरणवद्द छलफल गरेर नेपालका सम्वन्धीत निकायहरूमा प्रतिवेदन समेत पेश गराउन सफल भएको स्मरण गराउनु भयो।
कोरोना संक्रमण समयमा जापान सरकारले हालै दिएको करिव १६ लाख खोप सहयोगको मुक्तकण्ठले प्रसंसा गर्नुहुदै राजदूत राणाले यसले दुई मुलुकबीच सम्वन्ध प्रगाढ बनाएको दावी गर्नुभयो ।
जापान सरकारले नेपाल सरकारसंग आपसी सम्बन्ध सुदृढ राख्न हरसंभव प्रयास गरेको जानकारी पाएको बताउदै राजदूत राणाले आगामी दिनमा पनि यसले निरन्तरता पाउनेमा आशावादी रहेको बताउनुभयो।
‘नेपालीहरूका लागि विकास र प्रविधी सिक्ने अवसर’
यसै बीच जापानवासी नेपालीहरूका बारेमा आफ्नो तर्फबाट छोटकरीमा मुल्यांकन गर्दै राजदूत राणाले जापान सरकारले हामीलाई विश्वास गरेर करिव एक लाखको संख्या पुगेको बताउदै जापान बसुन्जेल यहॅाको विकास र प्रविधिको अधिकतम उपयोगको अध्ययन गर्न तथा सिक्न आग्रह गर्नुभयो ।
नेपाली नेपाली बीचको समस्या समाधानका लागि आपसी सहमतिमा नभए दूतावास मार्फत पहल भएको बताउदै राणाले थप विषयमा नेपाल पुगेर कानुनी रूपमै पहल गर्ने बताउनु भयो। तर आपसी समस्याका कारण जापानका नागरिकलाई असरपर्ने कुनैपनि काम नगर्न भन्दै राणाले यसका कारण पुरै नोपालीको आचरणमा समस्या आउनेमा चिन्ता व्यक्त गर्नुभयो।
पछिल्ला दिनमा नेपाली समुदायका राम्रा कामले जापानमा नेपालीको प्रसंसा पाए जस्तै गलत कृयाकलापले पनि गलत नजिर बसेको स्मरण गराउदै उहॅाले राम्रा कामसंगै गलत कामको समेत समिक्षा गर्ने गरेकोले सचेत भएर काम गर्न आग्रह गर्नुभयो ।
यसै गरी कोरोना संक्रमणबाट धैरे नेपाली विध्यार्थी तथा कामदारहरूमा परेको समस्या समाधानका लागि विभिन्न माध्यमबाट सहयोगका लागि पहल भईरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा दूतावासका उपनियोग प्रमुख अम्विकाप्रसाद जोशी, दितिय सचिव जीतबहादुर कार्की र तितिय सचिव प्रेम बराल लगायतको सहभागिता थियो।
प्रतिक्रिया राख्नुहोस्