राजनीति
विधान महाधिवेशनको सन्देश- सुदृढ एकता : भट्टराई
नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताउनुभएको छ ।

ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रममा सचिव भट्टराईले महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गर्नुभएको घोषणा सकारात्मक भएको पनि बताउनुभयो ।
उहाँले महाधिवेशनको सन्देशलाई जिल्ला र स्थानीय तहसम्म पु¥याउन आग्रह गर्नुभयो । चियापान कार्यक्रममा ताप्लेजुङका जनप्रतिनिधिको समेत सहभागिता थियो ।
प्रतिक्रिया राख्नुहोस्