कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको पकोप फैलिएको छ । नगरपालिकाको वडा नं ७, ८,९ मा फैलिएको झाडापखालाबाट अहिलेसम्म चार दर्जनभन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन् ।

नगरपालिकाको शिवराज अस्पतालमा बेडको अभाव भएपछि बिरामीलाई अस्पताल परिसरमाा राखेर उपचार गर्नु परेको छ । सो अस्पतालमा झाडापखालाका ५२ जना बिरामीलाई भर्ना गरिएको छ ।
सात जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको डा मुकेश चौधरीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्