जन सरोकार

बलात्कारी जोगाउन जवर्जस्ती मिलापत्र गराउने आधा दर्जन व्यक्ति पक्राउ

१२ वर्षीय सम्झना बिकको बलात्कार गरी हत्या गर्ने राजेन्द्र बोहराले यसअघि गत साउनमा पनि एक बालिका बलात्कार गरेको र सो घटना गाउँमै सामसुम पारिएको अनुसन्धानबाट खुलेपछि बझाङको मष्टा गाउँपालिका खिताला गाउँका छजनालाई प्रहरीले सोमबार प्रकाउ गरेको छ ।

सम्झाना बिकको बलात्कारपछि हत्या गरेका अभियुक्त राजेन्द्र बोहराको पहिलो बलात्कारको घटना मिलाउन गाउँका केटी पक्षका झलक दमाई, धनकला दमाई, विरु दमाई, र राजेन्द्र पक्षका लालबहादुर बोहरा, धनचढी बोहरा र गल्फे बोहरालाई प्रहरीले प्रकाउ गरी थप अनुसन्धानमा लागेको हो ।

साउनमा राजेन्द्र बोहराले गाउँकी अर्की बालिकालाई बलात्कार गरेको र त्यो बेला राजेन्द्रले बालिकाका अभिभावकसँग माफी मागेका थिए । दुवैका अभिभावक बसेर राजेन्द्रलाई ५ सय दण्ड तिर्न लगाएर घटना गाउँमै मिलाएको खुलासा भएको छ। राजेन्द्रले पहिलो बालिका बलात्कार गरेकै बेलामा कानुनी कार्वाही गरेको भए सम्झाना बिकको हत्या हुने थिएन भन्दै सर्वत्र आलोचना भएको थियो ।

सम्बन्धित खबर

Back to top button