जन सरोकार

शिक्षासचिव मैनाली नेतृत्वको टोलीले भेट्यो डा. गोविन्द केसीलाई

चिकित्सा शिक्षा, स्वास्थ्य सुविधा र अन्य विषय राखेर १९ औं पटक आमरण अनशनमा बस्नुभएका डा. गोविन्द केसीलाई सरकारी टोलीले त्रिवि शिक्षण अस्पताल पुगर भेटेको छ । अनशन थालेको २२ औं दिनमा शिक्षा सचिव गोपीनाथ मैनालीको टोलीले डा गोविन्द केसीलाई भेटेको हो ।

अनौपचारिक रुपमा शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीले मंगलबार डा केसीलाई भेटेर औपचारिक वार्ताका लागि टोली नबनेको भन्दै अनशन तोड्न डा केसीलाई आग्रह गरेको छ ।

जवाफमा डा केसीले भने यसअघि सरकारका प्रवक्ताले पनि त्यही भनेको भन्दै त्यसका लागि दुःख पाउनु नपर्ने थियो भनेका छन् । आफ्ना मागहरुबारे छलफल गर्ने हो भने औपचारिक रुपमा वार्ता टोली पठाउनुपर्ने उहाँको अडान छ ।

पछिल्लो अनशनमाा डा. केसीको स्वास्थ्यस्थिति अत्यन्त कमजोर रहेको र उहाँको जीवनरक्षा हुनुपर्ने भन्दै विभिन्न राजनीतिक दलका नेताहरुले सरकारलाई वार्ता गर्न आव्हान गर्दैआएका छन् ।

सम्बन्धित खबर

Back to top button