कला/मनोरन्जनकलिउड

हरिवंश आचार्य र रमिलालाई कोरोना संक्रमण : स्वास्थ्य अवस्था सामान्य

प्रसिद्ध हाँस्य अभिनेता तथा गायक हरिवंश आचार्य र उहाँकी पत्नी रमिला आचार्यलाई कोरोना संक्रमण भएको छ । आचार्यले मंगलबार सामाजिक सञ्जालमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको र स्वास्थ्य अवस्था भने सामान्य रहेको जानकारी दिनुभएको छ ।

आचार्यले फेसबुकमाा लेख्नुभएको छ ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ’ ।

त्यसै गरी आचार्यले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button