जन सरोकार

४० लाख मुल्य बराबरको अवैध औषधि बरामद

इलाम जिल्लाको सुर्योदय नगरपालिका ३ बाट असोज १९ गते सशस्त्र प्रहरीले करीव ४० लाख ४१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।

सोही नगरपालिका कट्टेबुङ स्थित एक घरमा अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको सशस्त्र प्रहरीले उक्त औषधि बरामद गरेको हो ।

त्यस्तै झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित मेची पुलबाट असोज १८ गते सशस्त्र प्रहरीले करीव ३ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।

झापा जिल्ला कमलामाई गाउँपालिका ६ बस्ने १९ बर्षिय दिवाना राईलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित ब्राउन सुगर फेला पारेपछि पक्राउ गरेको हो

पक्राउ परेका निज राईलाई बरामद ब्राउन सुगरसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button