राजनीति

कांग्रेस बाजुरा जिल्ला अधिवेशमा झडप : एक प्रहरी घाइते

नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा मंगलबार भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ । झडपमा परी एक प्रहरी घाइते भएका छन् ।

कांग्रेस

जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताउनुभयो । घाइते प्रहरीको अवस्था समान्य छ । वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार राति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिनुभयो । कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.