राजनीति

प्रकाशमानको प्रश्न- “अहिलेसम्म काठमाडौंबाट किन सभापति भएन, गणेशमानको परिवारले त्याग मात्रै गर्नुपर्ने ?”

२०४६ सालको जनआन्दोलनको सफलतापछि सर्वोच्च नेता गणेशमान सिंहले राजाबाट प्रधानमन्त्री बन्न गरिएको आग्रह अस्वीकार गरी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीमा सिफारिश गर्नुभयो । अहिले प्रधानमन्त्री हुन मरहत्ते गर्नेहरुका लागि त्यो घटना सदा पेचिलो बन्ने गर्दछ ।

नेपाली कांग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएको स्व. गणेशमान सिंह परिवारबाट सभापति बन्ने लाइनमा उहाँका सुपुत्र प्रकाशमान सिंह रहनुभएको छ ।

बुधबार आयोजित कार्यक्रममा सिंहले पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै आफू सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुपर्यो भन्दै गणेशमानको परिवारले सधैं त्याग मात्र गर्नुपर्ने भन्ने प्रश्न गर्नुभएको छ ।

उहाँले यसपटक सभापतिको उम्मेदवार हुनबाट कुनै हालतमा पछि नहट्ने उल्लेख गर्दै यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको पनि बताउनुभयो ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै उहाँले अहिलेसम्म काठमाडौंबाट पार्टी सभापति किन कोही नभएको र आफूह रुले सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने हो भन्ने प्रश्न समेत गर्नुभयो ।

काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको पनि बताउनुभएको छ ।

नेता सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताउँदै भन्नुभयो, १३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको हो । १४ औं महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.