धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने
दुई दशकभभन्दा लामो समयदेखि मारवाडी सेवा समितिले न्यून शुल्कमा व्यापारिक प्रयोजनमा उपयोग भैरहेको गौशालामा अवस्थित पशुपति धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा बसेको पशुपति विकास कोष सञ्चालक परिषद्को बैठकले सो निर्णय गरेको हो ।
काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह समेतको उपस्थिति रहेको सो बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ।
परिषद् सदस्य धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहित भएको भन्दै आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्नसक्ने गरी बाटो खुला गरिदिएको छ।
मारवाडी सेवा समितिले यस अघिको करार बदर गरी पाउँ भन्दै काठमाडौँ जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो।
प्रतिक्रिया राख्नुहोस्