राजनीति

कांग्रेस भन्छ- प्रा डा केसीका आवाजलाई सम्बोधन गर्न ढिलाइ नगरियोस्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ । कांगेसले उहाँसँग वार्ता नगर्ने हठ सरकारलाई महंगो पर्ने चेतावनी समेत दिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्तिमार्फत प्रा डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको प्रति ध्यानाकर्षण गराउँदै उहाँको अनशनको २४ दिन पुगिसक्दा समेत सरकारले वार्ता समितिसम्म गठन नगरेको जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।

कांग्रेस नेतृत्वको सरकारका पालामा प्रा डा केसी अनशन बस्दा वार्ता गरिएको र कैयौं माग पूरा गरिएको उल्लेख गर्दै उहाँले सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर तथा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर तथा संवादमार्फत प्रा डा केसीका माग पूरा गरिएको स्मरण गराउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.