प्रदेशमधेश

मुख्यमन्त्री राउतलाई दुई तिहाइको समर्थन

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाउनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले आज विश्वासको मत माग्नुभएको थियो ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कूल प्रदेशसभा सदस्य सङ्ख्या १०४ को दुई तिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)का सांसदले मत दिएका छन् ।

उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा (एमाले)का सांसदले मत दिएका हुन् । आजको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.