जन सरोकार

सामूहिक हत्याका अभियुक्त पक्रने प्रहरी पुरस्कृत

गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका– १ उम्लिङ खोला गाउँमा भएको छ जनाको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्ने दुई प्रहरी पुरस्कृत भएका छन् ।

उम्लिङ खोला गाउँमा भएको छ जनाको सामूहिक हत्याकाण्डको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी सहायक निरीक्षक रुद्र खड्कालाई नगद रु एक लाखसहित पुरस्कृत गरिएको हो ।

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालयले ६६औँ प्रहरी दिवसका अवसरमा प्रहरी निरीक्षक खतिवडा र प्रहरी नायब निरीक्षक खड्कालाई नगद रु ५०÷५० हजारसहित परस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

खोलागाउँका एकै परिवारका छ जनाको हत्या घटनाको सफल अनुसन्धान गरी हत्यामा संलग्न पाँच जना अभियुक्तलाई पक्राउ गर्न उहाँहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । प्रहरीले छ जनाको हत्या काण्डका मुख्य योजनाकार खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, रणबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीलाई पक्राउ गरेको थियो ।

घटनास्थलमा संंलग्नलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई आम नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनुका साथै सर्वसाधारणमा शान्तिसुरक्षाको अनुभूति अभिवृद्धि गर्नेतर्फ प्रशंसनीय कार्य गरेकाले प्रदेश प्रहरी कार्यालय विराटनगरले रु एक लाख राशिको साधनादेवी प्रहरी पराक्रम पुरस्कारले पुरस्कृत गरिएको प्रनाउ सुवेदीले जानकारी बताउनुभयो ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति आठ वर्षीय दीपेन कार्की र नातिनी पाँच वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.