राजनीति

पोखरामा एमालेको संगठन विस्तार तीब्र

नेपाल कम्युनिस्ट पार्टी एमाले पोखरा महानगर वडा न ३३ ले आफ्नो संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको छ । पार्टीको संगठन अझै मजबुत र बलियो बनाउने उद्देश्यले एमाले वडा कमिटिले विभिन्न टोलहरुमा भेला र प्रशिक्षणहरु सम्पन्न गरेको अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीले जानकारी दिनुभयो ।

यसै क्रममा सोमबार र मंगलबार साबिक भरत पोखरी गाउँ बिकास समितिको वडा न तीन र चार एबम बुधबार साबिकका वडा न १ र २ मा भेला प्रशिक्षण सम्पन्न भएको छ ।

त्यस्तै बिहिबार वडा न ५,६ र ७ को भेला भर्ती पोखरामा र ८ र ९ को असोज २४ गते आयोजना गरिएको क्रान्तिकारीले बताए। बिहीवार सम्पन्न भेलामा अनेरास्ववियुका पुर्ब उपाध्यक्ष एबम एमाले प्रभाबशाली युबा नेता रश्मि आचार्यले जनताको आशा र भरोषा एमाले नै भएको भन्दै एमालेको बिजय यात्रालाई कुनै गठबन्धनले रोक्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले अबको निर्बाचनमा एमालेलाइ कसैले पनि डगमगाउन नसक्ने गरि जनताको घर घरमा जान कार्यकर्ताहरुलाइ आग्रह गर्दै ओली नेतृत्वको सरकारले गरेका ऐतिहासिक कामबाट आत्तिएका केही देशीबिदेशी प्रतिक्रियाबादीहरु सरकार गिराउन लागिपरे पनि अब आउने निर्वाचनमा त्यस्ता कुतत्वहरुलाइ जनमतले नै जबाफ दिने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा युबा संघका केन्द्रिय सदस्य महेश अर्यालले युबाहरु थप उर्जाका साथ जनताका दैलोमा जाने भन्दै जनहितकारी काममा झन बढी केन्द्रीत भएको बताउनुभयो।

उहाँले युवाहरु वैचारिकरुपमा मजबुत हुँदै व्यावसायिक आय आर्जनका कार्यमा सरिक हुनुपर्ने भन्दै सो बातावरण निर्माणमा आफ्नो संगठन निरन्तर लागिरहेको बताउनुभयो ।

सो अबसरमा पोखरा ३३ का वडा अध्यक्ष शिब प्रसाद आचार्य, साबिक भरत पोखरी गाबिस अध्यक्ष यजप्रसाद अधिकारी, एमाले पोखरा ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.