नेपाल बाहिरका देशहरुमा दशैंको टीकाको साइत तोकियो, कुन देशमा कति बजे ?

अघिल्लो वर्षदेखि विदेशमा बस्ने नेपालीहरुका लागि सम्बन्धित देशको समय अनुसार दशैंको टीकाको साइत निधारुण गर्न थालेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष पनि नेपाल बाहिरको लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको जानकारी दिनुभएको छ । उहाँका अनुसार धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको हो ।
अहिले अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम समेत चलिरहेको भन्दै विदेशमा बस्नेहरूको लागि पनि दशैंको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय यकिन गरिएको जानकारी डा. भट्टराईले दिनुभयो ।
समितिले महादेश र देश अनुसार साइत तय गरेको छ । जस अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २६ तारिकमा टीकाको शुभ साइत जुरेको छ । जसमध्ये अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ । बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ ।
यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ सेप्टेम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ ।
यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्ड लगायतका देशमा भने सेप्टेम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको छ ।
प्रतिक्रिया राख्नुहोस्