जल/वातावरण

उपत्यकामा मात्रै १४ हजार सक्रिय संक्रमित, आइसोलेशन र आईसीयूको अभाव

काठमाडौं उपत्यकामा सङ्क्रमित बढिरहँदा आईसीयू, भेन्टिलेटर र आइसोलेशन शय्याको समेत अभाव देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य मापदण्ड पालनामा अझै लापरवाही भइरहे स्वास्थ्य पूर्बाधारले थेग्न नसक्ने अवस्था आउन सक्ने चेतावनी दिइरहे पनि यसको पालना गराउने सवालमा प्रशासन चुकेको छ ।

सरकारले संक्रमण बढेपछि लकडाउन वा निषेधाज्ञा लगाउने जिम्मा स्थानीय प्रशासनलाई दिएको छ । अहिले देशभरमै सबभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा छन् । उपत्यकामा मात्रै १४ हजार सक्रिय संक्रमित रहेका र यसमध्ये काठमाडौंमा मात्रै १२ हजार छन् ।

यस्तो स्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले तत्कालै आइसोलेशन शय्या र आईसीयूको अभाव देखिन सुरु भइसकेको स्वीकार्नुहुन्छ । तर संक्रमण रोकथामको उपाय बताउन सक्नुहुन्न । अधिकार प्रशासनलाई दिए पनि सरकारले अनुमति नदिंदासम्म केही गर्न सक्दैन ।

सरकार तत्काल लकडाउन वा निषेधाज्ञाको पक्षमा छैन । उपत्यका हटस्पटको रुपमा परिणत हुँदैछ । तर हटस्पटको रुपमा परिणत भए पनि उपत्यकामा लकडाउन वा निषेधित क्षेत्र घोषणाको तयारी देखिन्न । सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले तत्काल सबैतिर लकडाउन ला निषेध गर्न नसकिनेन बताउनुहुन्छ ।

कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर (सीसीएमसी)का सदस्य समेत रहनुभएका मन्त्री ज्ञवाली भन्नुहुन्छ “देशभरि लकडाउन गर्ने अवस्था छैन्, हटस्पट भएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर कोभिड–१९ नियन्त्रणको प्रयास गरिनेछ । हटस्पट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सकिनेछ” ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्रै सक्रिय सङ्क्रमित करिब १२ हजार छन् । जसले गर्दा आइसोलेशन शय्याको अभाव महसुस गर्न थालिएको छ । जिल्लागत् रुपमा काठमाडौं हाल सबैभन्दा बढी सङ्क्रमित पुष्टि भएको जिल्ला हो ।

बिहिबार मात्रै एक हजार दुईसयभन्दा बढी सङ्क्रमित पहिचान गरिएका छन् । काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ५ सय ४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ मा सङ्क्रमण पुष्टि भएको छ ।

दैनिक रुपमा संक्रमण बढिरहेको तथ्यांक बाहिर आए पनि काठमाडौंमा समेत तात्काल लकडाउन गर्ने विषयमा छलफल नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुहुन्छ । तात्काल लकडाउन नहुने प्रष्ट्याउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका पालनामा लापरवाही हुँदा सङ्क्रमण बढेको छ, उक्त प्रोटोकल लागू गराउन प्रशासन गम्भीर भएर लाग्नेछ ।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक दूरीको पालना, मास्क अनिवार्य लगाउनुपर्ने र हात साबुन पानीले नियमित धुनुपर्ने तथा बाहिरबाट आउने सर्वसाधारणको संख्या बढ्दा उपत्यकामा सङ्क्रमण बढेको जनाएको छ ।

प्रजिअ दाहालले दैनिक एक हजारदेखि पन्ध्र सय सङ्क्रमित थपिँदा उपत्यकास्थित सरकारी कार्यालयका कर्मचारीहरु पनि धेरै मात्रामा सङ्क्रमित हुन थालेको जानकारी दिनुभयो ।

प्रजिअ दाहाल भन्नुहुन्छ, “उपत्यकाका प्रजिअहरु नियमित बसेका छौं, कर्मचारी सङ्क्रमित हुने क्रम बढेकोले सेवाप्रवाहको स्वरुपबारे निर्णय हुनसक्छ ।”

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा रहनुभएको र कार्यालय सञ्चालन र सेवाप्रवाहको स्वरुपबारे ठोस निर्णयमा पुग्ने अपेक्षा गरिएको छ । कर्मचारी नै सङ्क्रमित भएपछि सेवाग्राहीमा समेत जोखिम बढ्ने हुँदा स्वरुपबारे निर्णय गर्नुपर्ने अवस्था आएको दाहालले प्रष्ट्याउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.