यस वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने
नेपालकोा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकले दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण अघिल्लो आवको तुलनामा १.८ प्रतिशतले बढी हो ।

खोप अभियानले गति लिएको तथा पर्यटन र वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा आएको सुधारले वृद्धिदरलाई सहयोग पु(याउने बैङ्कले जनाएको छ । यद्यपि सन् २०२२ मा नेपालले हासिल गर्ने वृद्धिदर कोभिड–१९ पूर्वको भन्दा तल नै रहने बैङ्कले उल्लेख गरेको छ ।
यसअघि एसियाली विकास बैङ्कले चालू आवमा नेपालले ४।१ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । सरकारले भने चालू आवमा ६.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।
दक्षिण एसियाली मुलुकको औसत वृद्धिदर ७.१ प्रतिशत रहने प्रक्षेपण रहेको छ । जसमध्ये माल्दिभ्सले सबैभन्दा धेरै ११ प्रतिशतको वृद्धिदर हासिल गर्ने बैङ्कको अनुमान छ । त्यस्तै भारतको ७.५, बङ्गलादेशको ६.४, भुटानको ३.६, पाकिस्तानको ३.४ र श्रीलङ्काको सबैभन्दा कम २.१ प्रतिशत रहने विश्व बैङ्कले गरेको छ ।
नेपालको अर्थतन्त्रको सुधार निरन्तर आर्थिक गतिविधि तथा खोप कार्यक्रममै निर्भर रहने पनि बैङ्कको निष्कर्ष छ । कोभिड महामारीले देशहरूलाई सङ्कटबाट सुधारतर्फ जाने तरिकाबारे योजना बनाउन अवसर प्रदान गरेको विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जेर्भोसले बताउनुभयो ।
नेपालले हालै मात्र निजी क्षेत्रसमेतको सहभागितामा हरित तथा समावेशी विकासका लागि काठमाडौँ घोषणापत्र जारी गरेको र यसले साना तथा मझौला व्यवसायमा हरित लगानी भित्र्याउन र रोजगारी सिर्जना गर्न सहयोग पुर्याउने उहाँको भनाइ थियो ।
प्रतिक्रिया राख्नुहोस्