जन सरोकारस्वास्थ्य

सातसय ६४ जना संक्रमित हुँदा १० जनाको मृत्यु

नेपालमा कोरोना भाइरस संक्रमण क्रमशः कमजोर हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । यसै अवधिमा एक हजार ३३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७ सय १५ जना र १ हजार २ सय २२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी७ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २१० पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१३ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४१ जना क्वारेन्टिनमा छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा २२९, मोरङमा ७२, ललितपुरमा ६८, रुपन्देहीमा ६७, सुनसरीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ३२, भक्तपुरमा २५, काभ्रेपलाञ्चोकमा २०, झापामा १५, बाँकेमा १३ र बर्दियामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.