प्रबास

नेपाली जनसम्पर्क समिति अमेरिका कांग्रेसको विशेष महाधिवेशनको पक्षमा

नेपालमा जेनजी आन्दोलनपछि स्थापित राजनीतिक दलहरुमा नेतृत्व परिवर्तनको आवाज जोडतोडले उठिरहेका बेला देशकै सबैभन्दा ठूलो पुरानो दल नेपाली कांग्रेसमा पनि यसको पक्षमा माहोल बन्दै गएको छ ।

नेपाली कांग्रेसको एक पक्ष विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने पक्षमा वातावरण बनाइरहेका बेला कांग्रेसको प्रवासी नेपालीहरुको संगठन पनि विशेष महाधिवेशनको पक्षमा देखिएको छ ।

यसै क्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले एक विज्ञप्ति प्रेसित गर्दै, यही असोज २६ मा बस्ने नेपाली कांग्रेसको केन्द्रीय बैठकबाट पार्टीको मंसिरभित्र नियमीत अधिवेशन गर्ने र त्यो नसकेमा विशेष महाधिवेशनमा जाने निर्णय बैठकबाटै गराउन केन्द्रीय कार्यसमितिलाई अनुरोध गरेको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजीको आन्दोलनपछि नेपालको राष्ट्रिय राजनीतिमा नयॅा कोर्षको शुरूवात भएकोले यसलाई सम्बोधन गर्न मौजुदा नेतृत्वबाट सम्भव नहुने बिज्ञप्तिमा उल्लेख गर्दै महासचिव नेम्बाङले त्यसका लागि कांग्रेस पार्टीभित्र नीति, नेतृत्व र संगठनमा आमुल रुपान्तरण आवश्यक भएको जनाउनुभएको छ ।

विशेष महाधिवेश सकेर बदलिएको नीति र नेतृत्व लिएर कांग्रेस संविधान, व्यवस्था र देश जोगाउनका लागि घोषित आम चुनावमा सहभागि हुनुपर्ने धारणा नेम्बाङले विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ ।

विज्ञप्तिमा इतिहासको कठिन मोडमा उभिएको कांग्रेसले मंसिर महिना भित्र नियमित अधिवेशन नभए बिशेष महाधिवेशन गरेर पार्टीको नीति र नेतृत्वमा व्यापक रूपान्तरण गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन नेतृत्वसंग अन्तिम विकल्प रहेको उल्लेख छ ।

नियमित अधिवेशन नभए विशेष महाधिवेशनमा जाने निर्णय केन्द्रीय बैठकबाट गराउनु नै एक उत्तम विकल्प भएकोले यसलाई अभियानका रूपमा पहलकदमी गर्न र गराउन नेम्बाङले आव्हान गर्नुभएको छ ।

उहाँले विश्वभरका जनसम्पर्क समितिका नेतृत्वलाई महासमिति र महाधिवेशन प्रतिनिधीहरू लगायत जनसम्पर्क समितिकाहरू र देशैंभरका नेतागण एवम सबै कांग्रेसजनलाई अभियानमा जुट्न हार्दिक आह्वान समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.