आम निर्वाचन २०७९

राप्रपाका निर्वाचित महामन्त्री शाहीद्वारा दैलेख क्षेत्र नं १ बाट मनोनयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्वाचित महामन्त्री कुन्ती कुमारी शाहीले दैलेख क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।

दैलेखबाट पहिलो पटक प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कार्यकर्ता सहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

दैलेखमा नेता शाहीलाई सम्भावना बोकेको नेताको रुपमा आम लिने गरिन्छ । छोटो समयका लागि भए पनि दुई कार्यकालमा राज्यमन्त्री रहनुभएकी शाही दैलेखबाट राष्ट्रिय राजनीतिमा राम्रो छवि बनाउन सक्नु भएको नेतामा पर्नुहुन्छ ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा थाल्नुभएकी शाही शाही २०४७ सालमा राप्रपाको राजनीतिमा लाग्नुभएको थियो । राप्रपा भित्र लामो र निकै संघर्ष गर्नुभएको शाही तीन दशकपछि राप्रपाको महामन्त्रीमा विजयी हुनुभएको थियो ।

स्पष्ट वक्ता र पार्टीमा हुने स्वेच्छाचारी निर्णयको नेता शाहीले खुलेर बिरोध गर्दै आउनुभएको छ । पार्टीपंत्तिलमा देशव्यापी प्रभाव बनाउनु भएकी शाही अन्तर पार्टीमा पनि निकै लोकप्रियता कायम गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.