राजनीति

मंगलबार सार्वजनिक बिदा, मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने

सरकारले इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका नेपालीहरूको शोकमा असोज २३ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसै गरी आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय गरेको छ । यसअघि सुदूरपश्चिम प्रदेश सरकारले दुई-दुई लाख दिने निर्णय गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभएको हो ।

उहाँका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.