साल्ट ट्रेडिङ कर्पोरेसन र कर्मचारीका तर्फबाट ७० लाख हस्तान्तरण
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि रु ५० लाख प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रु १० लाख हस्तान्तरण गर्नुभयो । कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पोरेसनले जनाएको छ ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पोरेसनले जनाएको छ ।
यसै गरी बुधबार नै विद्युत् उत्पादन कम्पनी लिमिटेडका अध्यक्ष सुरेश आचार्यबाट कम्पनी र त्यहाँका कर्मचारीसमेतबाट रु ६ लाख ४६ हजार पाँच सय तथा नेपाल इन्स्योरेस्स कम्पनी, भारतबाट रु १० लाख कोषमा हस्तान्तरण भएको छ ।
प्रतिक्रिया राख्नुहोस्