मन्त्री हमालले राजीनामा दिने
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेपिरहनुभएका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुनुहुन्छ । उहाँमाथि गम्भीर आरोप लागेपछि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु’ ।
स्मरण रहोस् हमाल सांसद हुनुहुन्न । उहाँलाई नेपाली कांग्रेसको कोटामाा मन्त्री बनाइएको भनिए पछि एकसे एक सांसद हुँदाहुँदै हमाललाई नै किन मन्त्री बनाइयो भन्ने प्रश्नको जतिसुकै खण्डन गरे पनि सही उत्तर आउँदैन ।
नेपालको संविधानले साधारण अवस्थामा गैरसांसदलाई मन्त्री बनाउनृ अधिकार दिएको छैन । विशेष परिस्थितिका निम्ति बनाउनै परे छ महिनाभित्र संघीय सांसद बनाउने गरी मन्त्री बनाइन पाइने व्यवस्था विशेष व्यक्तिका लागि मात्र हो ।
प्रतिक्रिया राख्नुहोस्