अर्थ
कार्तिक ८ गतेभित्र डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी
नेपाल विद्युत प्राधिकरणले द्योगहरुले प्रयोग गरेको डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता तिर्न आलटाल गर्नेहरुलाई शुल्क तिर्न सूचना जारी गरेको छ ।
राजनीतिक संरक्षण खोज्दै विद्युत महसुल नतर्ने प्रतिस्पर्धा चलिरहँदा प्राधिकरण नेतृत्व र राजनीतिक नेतृत्वबीच निकै विवाद समेत भैरहेको छ ।
पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई नै हटाउने चर्चा चलिरँदा नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको हो ।
प्राधिकरणले बिहीबार ४९ वटा उद्योगको नाममा सूचना जारी गर्दै कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ ।
प्राधिकरणले तोकेको समयभित्र शुल्क नबुझाउनेको हकमा कानुन बमोजिम असुल उपर गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।





प्रतिक्रिया राख्नुहोस्