राजनीति

मध्यरातमा सरकार र डा केसीबीच ८ बुँदे सहमति अनशन तोडिदै

चिकित्सा शिक्षा र सेवाको सुधारको माग गर्दै पिवगत २७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । सहमतिपछि उहाँले आइतबार विहान अनशन तोड्नुहुनेछ ।

त्रिवि शिक्षण अस्पतालमा मध्यरातमा भएको वार्तापछि डा केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिपत्रमा सरकार र डा।केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।


सम्बन्धित खबर

Back to top button