राजनीति
शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई पनि कोरोना सङ्क्रमण

पर्यटन मन्त्री योगेश भट्टराईपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार पीसीआर परीक्षण गर्दा आइतबार कोभिड पोजिटिभ देखिएको हो ।
सोको जानकारी शिक्षामन्त्री पोखरेलका स्वकीय सचिव सुनिल खड्काले दिनुभएको हो । हिजो सामान्य ज्वरो आएपछि मन्त्री पोखरेल ललितपुरको पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउन जानुभएको थियो ।
उहाँ अहिले पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । हिजो शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँ हाल होम आइसोलेसनमा रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्