एन आर एन न्युजजापान

एनआरएनए चिबाका कार्यसमिति तथा सल्लाहकारहरुको सम्मान

गैरआवासीय नेपाली संघ एनआरएनए चिवा क्षेत्रीय समितिले नव निर्वाचित केन्द्रिय पदाधिकारी तथा समितिको सल्लाहकालाई सम्मान गरेको छ । शुक्रबार जापानको फुनाबासीमा आयोजित एक समारोहका बीच गर्दै शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

समारोहमा चिवा क्षेत्रबाट प्रतिनिधित्व गर्दै एनआरएनए जापानको बरिष्ठ उपाध्यक्षमा निर्वाचित नबिन निउरे, सदस्यमा निर्वाचित लक्ष्मी केसी महर्जनलाइ सम्मान गर्दै कार्य सफलताको शुभकामना ब्यक्त गरिएको थियो । त्यसैगरी चिवाका सल्लाहकार चयन हुनु भएका निवर्तमान संयोजक विश्व सुबेदी, आनन्द कोइराला र बुद्द बस्नेतलाई समेत सम्मान गर्दै परिचय गराईएको थियो।

कार्यक्रममा हालै सम्पन्न अधिवेशनको निर्वाचन कमिटिका संयोजक रामकृष्ण बम मल्ल, पत्रकार महासंघ जापान शाखाका सदस्य दीपक गौतम लगायतलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा शुभकामना ब्यक्त गर्दै चिवा क्षेत्रीय संयोजक मुक्तिराज रेग्मीले एनआरएनए केन्द्र र क्षेत्रहरुबीच सहकार्य गरेर अगाडी बढ्ने तयारी गरेको जानकारी दिनुभयो ।

चिवा क्षेत्रीय समितिले विभिन्न किसिमका समुदायलाई उपयोगि हुने कार्यक्रम समेत संचालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । कार्यक्रमको संचालन चिवा क्षेत्रीयसमितिका सचिव शंकर सुबेदीले गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button