क्रिकेटखेल

सन्दीप लामिछाने बने आईसीसी प्लेयर अफ द मन्थ

विश्व क्रिकेटमा चर्चित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका लागि आईसीसी प्लेयर अफ द मन्थ विजेता बनेका छन् ।

सन्दीप लामिछाने

लेग स्पिनर लामिछानेले बंगलादेशका अर्का खेलाडीनासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पार्दै सो उपाधी जितेका हुन् ।

यसै वर्ष भएका पपुवा न्युगिनी र ओमानसँगको खेलमा गरेको प्रदर्शन र देखाएको कौशलका कारण लामिछाने उत्कृष्ट खेलाडी छानिएका हुन् ।

यस्तै महिला क्रिकेटरतर्फ इङ्ल्याण्डकी हिथर नाइट आईसीसी प्लेयर अफ द मन्थ चुनिएकी छिन । नाइटले अरु दुई खेलाडी चार्ली डिन र साउथ अफ्रिकी खेलाडी लिजेले लीलाई पराजित गर्दै प्लेयर अफ द मन्थ छानिएकी हुन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button