जापान

फरेक्स जापानको दशै तिहार बम्पर उपहार सार्वजानिक

जापानबाट नेपाल लगायत विश्वभर पैसा पठाउने फरेक्स जापानको दशै, तिहार तथा छठ पर्वको अवसरमा गरिएको उपहार कार्यक्रम सार्वजानिक गरिएको छ । नेपालमा आईपे रेमिट कम्पनीसंगको सहकार्यमा रेमिटयान्स सेवा दिदै आएको फरेक्स जापानले अक्टोवर १७ तारिकबाट नोवेम्वर २० तारिकसम्म उपहार योजना राखिएको कम्पनीले जनाएको छ ।

दैनिक एक जनालाई स्मार्ट घडी, साप्ताहिक एकजनालाई एप्पल एयरपोड र बम्पर उपहारमा एकजनालाई म्याकबुक प्रो ल्यापटप प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सोमबार टोकियो सिनओकुवोमा पत्रकार सम्मेलनको आयोजना गर्दै फरेक्स जापानका प्रवन्धक पन्चवीर चौधरीले नेपालीहरूको महान चाडको अवसरमा बम्पर उपहार कार्यक्रमको योजना ल्याईएको जानकारी दिनुभयो ।

यस्तै कम्पनीका प्रवन्धक तथा सिनओकुवो शाखा प्रमुख बावुराम पौडेलले प्रतिस्पर्धात्मक बजारमा अव्वल रहेको फरेक्स जापान रेमिटबाट चुस्त तथा भरपर्दो सेवा प्रदान गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले समेत सम्वोधन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.