राजनीति

राजसंस्थाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था असान्दर्भिक

पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा नेपालीहरूलाई शुभकामना दिंदै मुलुकको वर्तमान परिस्थितिले राजसंस्थाबिनाको प्रजातन्त्र र प्रजातन्त्रबिनाको राजसंस्था नेपालमा सान्दर्भिक नहुने बताउनुभएको छ ।

बडा दशंको सातौं दिन फूलपातीको अवसरमा एक विज्ञप्ति जारी गर्दै उहाँले प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो मुलुकमा सान्दर्भिक नहुने बताउनुभएको हो ।

सन्देशमा लेखिएको छ, “देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने आवोध हामीले गरेका छौं ।”

यसै गरी पूर्वराजा शाहले यस वर्ष पनि महाअष्टमीका दिन विभिन्न शक्ति पीठहरूको दर्शन गर्ने कार्यक्रम र दशमीमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने जनाइएको छ । कोरोना भाइरसको महामारीको असहजताका कारण सो कार्यक्रम नगर्ने जनाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button