जल/वातावरण

ख्यालख्याल हैन कोरोना, एकै परिवारका तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर

कोरोनालाई केही हैन, यो सब भ्रम हो र पूँजीवादीहरुको विश्वलाई मुट्ठीमा लिने षड्यन्त्र हो भन्दै दलिल पेश गर्नेहरुका लागि पछिल्लो समय कोरोनाका कारण परिवार नै सखाप भएका पीडादायी घटना सार्वजनिक भएको छ । अनि कोरोना संक्रमणको लक्षण देखापरेको ३ दिनमै मानिसको मृत्यु भएका घटना पनि सार्वजनिक भएका छन् ।

यस्तै घटना तनहुँमा घटेको छ । कोरोना संक्रमणबाट तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भिमाद नगरपालिकाको भिमाद बस्ने ९८ वर्षिय धर्मकुमार श्रेष्ठ, निजका छोराहरु ७४ वर्षका कृष्णकुमार र ७१ वर्षका विष्णुकुमार को मृत्यु भएको हो ।

धर्मकुमार राजधानीको विएण्डबी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । यस अघि शनिबार उहाँको माइलो छोराको कृष्णकुमारको पनि राजधानीमै उपचारको क्रममा मृत्यु भएको थियो । र साइलो छोरो विष्णु कुमारको सोमबार निधन भएको हो ।

एकै परिवारको तीन जनाको मृत्यु भएपछि भिमाद बजार शोकमा डुबेको छ । त्यस्तै ७७ वर्षका रामकुमार श्रेष्ठको राजधानीमै सघन कक्षमा उपचार भैराखेको मृतक धर्मकुमारका ज्वाई तथा नेकपा गण्डकी प्रदेशका सदस्य शङ्कनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार धर्मकुमारका नौ जना परिवारमा कोरोनाको सङ्क्रमण भएको थियो । बुबा धर्मकुमारलाई चितवन मेडिकल कलेजमा उपचारको क्रममा उहाँहरुलाई सङक्रमण भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.